गहिराइ

गहिरो दु:ख- शान्त हुन्छ
गहिरो प्रेम- शान्त हुन्छ
प्राय: शान्त रहन्छ-
गहिरो खुसी, गहिरो समर्पण।

शान्त रहन्छन् कालजयी सृजनाहरु
शान्त रहन्छन् गहिरो प्रेममा डुबेकाहरु


हरेक चिजलाई
त्यस्तै गहिराईबाट छुन चाहन्छु।

र चाहन्छु
त्यसरी नै शान्त रहन

जसरी शान्त बग्ने गर्छ गहिरो नदी…

Leave a Reply

Your email address will not be published. Required fields are marked *