घरभित्रै छन् ईश्वर
लाउन सके ध्यान।
खोजिहेरे आफैँभित्र
भेटिनेछन् भगवान्।
मुस्कुराउँदै स्नेहले
आँखाहरु साट्न सके।
अनुभव र अनुभूति
साथ बसी काट्न सके।
आफू पहिला मुस्कुराए
भेटिनेछ मुस्कान।
फूल दिए फूल मिल्छ
काँडा दिए अपमान।
खोजिहेरे आफैँभित्र
भेटिनेछन् भगवान्।