कुनै चिज
सन्तुलित रहन
कति धेरै सन्तुलन आवश्यक छ?
जस्तो-
हावा पानी
मौसम ऋतु
या भन्नुस्
प्रकृतिका चराचर तत्वहरु।
प्रेम रिस
आवेग सान्त्वना
अनि
मनका तमाम उत्ताल अनुभूतिहरु।
या
पाइला पाइलामा
साथ घस्रिरहेको मृत्युको छायाँ..
जीवनको सन्तुलनभन्दा
कठीन सन्तुलन
अर्को के छ र संसारमा?