हजुरबाले
भागवतको पुस्तक
जतन गरेर मन्दिर छेउ राखेझैँ।
बाबाले
घरको बहीखाता
हिसाब हेर्दै मिलाउँदै सिरानी छेउ राखेझैँ।
आमाले
खुद्रा खाद्री पैसा
सिन्कीको बट्टामा लुकाएर राखेझैँ।
मैले पनि
तिम्रो यादलाई
खुसुक्क लुकाएर राखेको छु
मनको कन्तुरमा…