ताल बनेका यादहरु

तिम्रो याद
ताल जस्तै जमेर
बसेको छ हृदयमा।

कहिले त्यही ताल बग्छ
र आँशु बनेर बाहिरिन्छ।

कहिले त्यही ताल जम्छ
र हिउँ बनेर चिस्याउँछ आत्मैसम्म।

कहिले
बाफ बन्दै उठ्छ, उड्छ
र वर्षिँदै निभाउँछ मनको डढेलो।

अनि
कहिले शित बन्छ
र खुसुक्क तप्किन्छ शब्दहरुमा।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *