प्रेम र युद्ध

युद्धको समय-
रहँदैन दया
हेरिँदैन न्याय
राखिँदैन धैर्य
सुनिँदैन चित्कार ।

धोका, भ्रम,
छल अनि झुट…

युद्ध- केवल युद्ध हुन्छ ।

तिमीलाई थाहा छ नि होइन?
प्रेम र युद्धमा
सबै कुरा जायज हुन्छ !

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *