एकैनास हुन्न सधैँ, बदलाव जरूरी थ्यो
कोही यसै बदलिँदैन, दबाव जरूरी थ्यो ।
कारोबार थ्यो पुरानो, रफादफा बाँकी नै थ्यो
बहीखाता मिलाउनैथ्यो, हिसाब जरूरी थ्यो ।
जिन्दगी हो बगिराख्छ, एकै लय एकै गति
बगिराख्नु नियति थ्यो, बहाव जरूरी थ्यो ।
जीवन चल्छ- राजनीति झैँ, आउनेहरु जान्छन् पनि
मनको सत्ता बदल्नलाई, चुनाव जरूरी थ्यो ।