मध्यरातमा झस्काउँछ
लैजाऊ तिम्रा यादहरु ।
मुटु मात्रै चस्काउँछ
लैजाऊ तिम्रा यादहरु ।
सताउँछ, तर्साउँछ
आँशु मात्रै बर्साउँछ ।
बारम्बार जिस्काउँछ
लैजाऊ तिम्रा यादहरु ।
मनको पिर गहिरो छ
नरोकिने पहिरो छ ।
भित्रैदेखि धस्काउँछ
लैजाऊ तिम्रा यादहरु ।