मलाई फेरि बन्नुछ
त्यही अञ्जान प्रेमी ।
सडकमा, गल्लीमा,
बाटोमा, चोकमा
रल्लिँदै~ हल्लिँदै
लुक्दै~ छेलिँदै
बिनाकाम, बिनाकारण
कसैको पिछा गरिरहेको
कसैको बाटो कुरिरहेको
एउटा धमिलो आकृति
टा~ढाबाट
हेरिरहेको
हेरिरहेको
मलाई फेरि पुग्नुछ
त्यही सिमसिमे झरिमा
जहाँ
बिल्कुलै शान्त हुने गर्थ्यो प्रेमको मौसम ।