मैले लेखेँ-
कहिले दुखले बगेको आँशु
कहिले खुसिले फुत्किएको खित्का
कहिले चोटले दुखेको ऐया
कहिले प्रफुल्लित मनको फुस्फुसाई।
जे जे आउँछ
त्यही त्यही लेखिरहेँ
जसरी आउँछ
त्यसरी नै लेखिदिएँ।
भाव पग्लिएर शब्द बने
शब्द बुनिएर हरफ
हरफ- हार लाग्दै वाक्य बने
वाक्य जोडिँदै कबिता।