अन्धकारमा उभिएर
अन्धकारमै हेरिरहे
अन्धकारै देखिन्छ।
भिडमा उभिएर
भिडसँगै हिँडिरहे
भिडभित्रै हराइन्छ।
अझै देखेनौ मलाई?
थोरै बाहिर हेर त
भिडबाट थोरै बाहिर!
धिप्धिपाइरहेको मधुरो प्रकाश लिएर
कुनै अनकन्टार बाटोमा
एक्लै हिँडिरहेको
देख्यौ भने पथिक कतै
सम्झिनु
म अझै यात्रा गरिरहेँछु..