तिखो काँडाको पनि
एउटा मर्यादा हुन्छ-
नछोइ घोच्दैन ।
आगोको पनि
एउटा मर्यादा हुन्छ-
नसल्काइ जलाउँदैन ।
मर्यादा हुन्छ,
प्रेमको र घृणाको
देश, काल
समय र परिस्थिती हुन्छ।
कारक हुन्छ
र हुन्छ केही न केही कारणहरु ।
भन त!
अकारण मलाई घृणा गर्न
तिमीलाई कुन मर्यादाले दियो ?
मैले त केवल
प्रेम फिर्ता मागेको थिएँ ।