दुईटा जीवन

एउटा जीवन रोइरहेँछु
एउटा जीवन हाँसिरहेँछु ।
एउटामा छु अतिव्ययी
एउटामा म साँचिरहेँछु ।

एउटामा म चुपचाप छु
एउटामा म नाचिरहेँछु ।
एउटामा म विभक्त छु
एउटामा म गाँसिरहेछु ।

एउटा लाग्छ सधैँ शाश्वत
एउटामा म नासिरहेँछु ।
एउटामा छु उभिएको
एउटामा म भासिरहेछु ।

यसरी म,
एकसाथ दुईटा जीवन बाँचिरहेँछु ।

@ विस्मय !

Leave a Reply

Your email address will not be published. Required fields are marked *