के मा अल्मलिएँ खै!
सपनाबाट बिउँझिएझैँ
बिउँझिएँ
र होस पाएँ ।
हतार पो थियो त!
हतारिएरै हिँडेथेँ
तर छुटिसकेछन्-
केही स्टेसनहरु
केही गल्लीहरु
केही रात
केही दिन
बेला छइन्जेल त
बेला बितेको पत्तो पनि हुँदैन
अबेला भयो अब त…
कहाँसम्म घिस्याउनु खै!
एक भारी सपना
र
यो मौनतामा अल्झिरहेको
एउटा जीवन ।