टाढाबाट हेर्दा त
सुन्दर देखिन्छ हिमाल पनि
राम्रै देखिन्छ आगो
आकाश
नदी..
स्वरुपको प्रकटीकरण
तब हुन्छ
जब,
छोइन्छ, छामिन्छ
देखिन्छ, बुझिन्छ
टाढाबाट हेर्दा त
सग्लै देखिन्छ मान्छे पनि
छोएका छौ, हृदयको संवेगलाई?
छामेका छौ, अन्तर्यको संवेदना?
अलिक नजिक गएर हेर
फरक
आफैँ बुझ्नेछौ!