मन्दिरमा फूल चढाएर
मागेको छु मैले
आफ्नै लागी केही वरदान।
जसरी
काम लगाउँछु कसैलाई म
दिएर दुई पैसा दाम।
प्रेममा मन चढाएर
चाहेको छु मैले
आफ्नै लागी हाँसिदिने एउटा ओठ
र केही प्रेमिल समर्पण।
जसरी
कलिलो बच्चो मुस्कुराउँछ
चकलेटको प्राप्तिमा।
जसरी बुझे पनि हुन्छ,
तर पहिला जवाफ देऊ-
प्रेम दिएँ त भन्छौ तिमी
प्रेम दिन्छौ या लिँदैछौ?