आँखाहरु

मेरो सामु
हिमाल झैँ अटल ति आँखाहरु
आज किन
पग्लिन खोज्दैछन् हीमताल झैँ!

बिछोडको ताप सहन नसकेर हो?
या छोयो
मेरो मनबाट उठेको बाफिलो हावाले?

सुन न!
म त चाहन्छु
म बिना पनि
पहाड बनिरहुन् ति आँखाहरु
अडिग अनि निश्चल ।

तर
मैले हेरेँ गहिरिएर
ति आँखामा
लाग्यो
एउटा समुद्र छचल्किरहेछ ।

@ विस्मय !