बिहान के भएको थियो ?
चैते बाँदरहरू उत्पात मच्चाउन थाली हाले।
पौवा पाटि
मन्दिर सडक जङ्गलतिर
बिहान के भएको थियो ?
चैते बाँदरहरू उत्पात मच्चाउन थाली हाले ।
कतै बुढाबुढीको प्रसाद खोसेर
कतै बालबालिकाहरूको गाला चड्काएर
यताबाट उता उफ्रिन्दै
बिहान के भएको थियो ?
चैते बाँदरहरू उत्पात मच्चाउन थाली हाले।
उता शहर आक्रान्त छ
बाँदरहरूको चकचकदेखि
उता एक जमात अन्धाहरू
मस्तसँग हात्तीलाई छामीरहेका छन्
कोहि हात्तीलाई भित्ता भनी रहेका छन्
कोहि खाँबा ठानि रहेका छन् हात्तीलाई
र,
कोहि नाङ्लो र डोरी सम्झिरहेका छन् हात्तीलाई।
म बुझ्दिनँ-
किन यिनीहरू भ्रम पालिरहेका छन्!
र,
भ्रम फिजाइ रहेका छन्
किन कि-
हात्ती भित्ता जस्तो हुँदैन
खाँबा जस्तो हुदैन
हात्ती नाङ्लो र डोरी जस्तो हुँदैन
हात्ती त चारखुट्टे जनवार हो
वास्तवमा हात्ती ती अन्धा जस्तो पनि हुँदैन
बिहान के भएको थियो ?
चैते बाँदरहरू उत्पात मच्चाउन थाले।