शहर! तँ थाक्दैनस्?

छातिमा अँगालेर
कङ्क्रिटको जङ्गल।
थर्थराउँदै हर दिन
मोटरका पाङ्ग्राहरुमा।
बिहान दिउँसो बेल्का-
उस्तै उत्रै र उत्तिकै
दौडिरहेका
सपना र जिजीविषाको लर्को।

सुदूर देहातबाट
हुत्तिएर थान्को लागेका
लाचार भविष्यका
वेदना र विरहहरु
हेर्दा हेर्दा
सुन्दा सुन्दा

~
ए शहर!
तँ थाक्दैनस्?

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *