म तिमीलाई अस्विकार्छु,
स्विकार गर्छौ ईश्वर?
तिम्रो सृष्टि! -धिक्कार्छु,
स्विकार गर्छौ ईश्वर?
यो दु:ख, यो पीडा,
यो जलनमा कहाँ हुन्छौ?
सामु आउन ललकार्छु,
स्विकार गर्छौ ईश्वर?
अस्तित्व छ तिम्रो भने,
हटाऊ सारा व्यथाहरु!
अनि मात्रै स्विकार्छु,
स्विकार गर्छौ ईश्वर?