गाउँ

मन छोडिएको छ गाउँमा
जीवन छोडिएको छ गाउँमा।

आत्मा, मुटु,
चेतना, प्रेम
सबै छुटेका छन् उतै-
कुनै बारीका गह्रामा
कुनै खेतका आलीमा
कुनै कान्लाका ढिस्कामा
कुनै अलिक पर्तिर खोल्सामा।

यो शहरमा
यो चलिरहेको शरीर देख्नुहुन्छ नि?
हाड, छालाको शरीर!

यो त अब
मेसिन भइसक्यो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *