महाकविको कविता- प्रलय वेदना

यस दुनियाँमा सुखदुःख दुईको गहिराइमा डुबियो खुब,
दुःख भो अतिशय सुख भो अतिशय प्रभुले पुर्याोयो मनसुव ।

विषको महको चाखी मिठास जगमा बसियो अन्धसरी,
तर प्रभुको क्यै चेत खुलेन अब दुःखीको लौ म सरी ।

जीवात्मा यो त्यतिको पतित भो ब्रह्माण्ड यसको नरकानल,
आफ्ना भूलहरु नागिनीझैँ बेरिरहेछन् वक्षस्थल ।

तिनबाट म केही मोचन पाऊँ भन्दै प्रभुजी गर्छु पुकार,
यस्तो पतित धूलिकणी भै पुग्नैै सकिन नि प्रभु-पदसार ।

मानवताका भाव हजारौँ मैले गाएँ कवितामा,
तर ती सारा विफल भईकन फोस्रो भए सब प्रभु श्यामा ।

होश पुगेन छन्द पुगेन हृदय पुगेन प्रभु पदमा,
अब ता मेरो आशा छैन अगाध गर्तमा छु जगमा ।

मेरो केवल साथ निराशा मेरो केवल छटपट जीवन,
मेरो मनको आकाश समूचा केवल अग्नि-तपन ।

जलको विन्दु यस सिन्धुमा मैले पाइन हाय अभागी,
किनकी मैले अरुकन जल दी ठण्डा पार्न सकिन सुभागी ।

यस कारण मेरो तनको मनको पनि अणेव्रत ध्वंस हुन लाग्यो,
प्रलयानलले काल-स्वरुप ली विश्व जलाउन अब जाग्यो ।

यसमा अब के मसीको अन्त सीमा चरम क्षतिको,
नास्तिकताले अहम्भावको गाइरहेछन् प्रभु! यतिको ।

प्रलय नीदमा सुतिरहेछु मेरो ब्रह्माण्ड जल्यो,
आउन सक्ने प्रभुको पदमा मेरो आत्मासम्म गल्यो ।

यस कारण यो जगती- तलमा एक अभागी नष्ट भयो,
यसको औषधि केही छैन किनकि स्वयं यो प्रष्ट भयो ।

जाति बान्धव कुल ज्ञातिको निम्ति न मेरो बिन्दु झर्योग,
सिन्धु दिएथे परमेश्वरले जल सब आगो बनी दर्योय ।

धन्य हे आत्मा ! धन्य हे ईश्वर ! तिम्रो लीला बुझिएन,
तिम्रो पदमा साथ स्मृति ली आह ! कहिल्यै भिजिएन ।

अब यसलाई केही छैन गयो कहाँ यो पुग्यो कहाँ ?
केवल विषको थोपा पिउँदै अझ जल्दैछ बसी यहाँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *