छेपारो

भर्खरै सेतो थियो
भर्खरै कालो भयो।
हेर्दा हेर्दै
बिस्तारै रङ्ग बदल्दै गयो।

जता बस्यो-त्यतै अनुकूल
जता पस्यो-त्यसै अनुकूल
ठाउँ बदलियो
रङ्ग बदलियो।

यो कसरी सम्भव भयो?
म अचम्मले हेर्छु
र सोध्छु छेपारोलाई!
छेपारो हाँस्छ-
तपाईँकै शहरमा छन् एक दुई जना
मैले पनि त्यतैबाट सिकेको हुँ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *