आज-
अचानक उनको याद आयो
यादसँगै एउटा प्यास आयो
अतित आयो
प्यास आयो
मिठास आयो
मिठासमा एक झंकार आयो
कुत्कुत्यायो
र अङ्ग अङ्ग सल्बलायो
सर्सरायो…
झंकारमा एउटा स्नेह आयो
स्नेहमा मुटु आयो
त्यही मुटु
घाउ परेर खाटा बस्न बाँकी मुटु आयो
पुरानो, अमेट अनि लथालिङ्ग
उही बाटो
उही गल्ली
उही बिगत
अनि उही सुन्दर- असुन्दर पलहरु
आयो, झक्झकायो
अनि बल्झाएर गयो एउटा पुरानो स्मरणको झझल्को
सायद
झुक्किएरै सही
आज-
अचानक उनको मिसकल आयो !