चुपचाप

कोही जितेर पनि खुसी छैन
कोही हारेर पनि विजयी छ ।
कोही पाएर मन अमिल्याउँदैछ
कोही त्यागेर पनि सन्तुष्ट छ ।

दोडिएर शहर शहर
नदी नदी बगर बगर ।
चहारेर गल्ली गल्ली
भड्किएर प्रहर प्रहर ।

भ्रान्त मन
दिग्भ्रान्त यात्री…

तर कहाँ पुग्नुछ ?

होस्
बरु चुपचाप बस्छु एकछिन
हेरौँ-
शान्ति कस्तो हुन्छ !

@ विस्मय !

Leave a Reply

Your email address will not be published. Required fields are marked *