सपनाबाट बिउँझिएपछि

सपनाबाट बिउँझिएपछि
के हुन्छ ?

जस्तो-
भेटिन्छ यथार्थको धरातल
देखिन्छ आँखै अगाडीको अस्तित्व
सुनिन्छ जीवनको वास्तविक धून
बोलिन्छ सत्य संवाद
बुझिन्छ आफ्ना र परायाको ममत्व
प्रष्ट हुन्छ- भ्रम र यथार्थको भेद…

सपनाबाट बिउँझिएपछि
सपना- सपना रहँदैन।

मलाई
अब सपनाबाट बिउँझनुछ ।

@ विस्मय !

Leave a Reply

Your email address will not be published. Required fields are marked *