प्रेमको बक्यौता

म दायरा बढाउँ भन्छु,
तिमी दरको कुरा उठाउँछौ।
म योगदानमा विश्वास गर्ने मान्छे,
तिमी करको कुरा उठाउँछौ।

फरफारक हुन बाँकी
हजारौँ बिल भौचरहरु
बाँकी नै रहेको बेला-
यसरी त कसरी
हिसाब-किताब रफादफा हुन्छ प्रिय?

यो सालको क्लोजिङ पनि
बक्यौतामै रहने भो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *