आबाद बस्ती
खण्डहर हुनुअघि
एउटा सन्नाटा बाँकी रहन्छ
सुन्नु ।
रित्तिँदै गएका घरहरुमा
मधुरो हुँदै गएको
भालेको कलिलो डाक ।
निख्रिँदै गएको भकारी
बाँझो बारी
चकमन्न गोठ
र
पुत्ताउन बन्द- थोत्रा चिम्नीहरु ।
गुल्जार गाउँ
सुनसान हुनुअघि
एकपटक फर्केर हेर्नु-
बिदाइमा उठेका चाउरिएका हात
र
कलेटीमा मुस्कुराइरहेका ओठहरु…