यज्ञमण्डपको समिधा झैँ
एक थान जीवन
ठिक्क छ सल्किनलाई।
रापले, तापले
विस्मातले, सन्तापले…
बिहान दिउँसो साँझका
अनगिन्ती, अथाह र असीमित घनचक्करहरुमा रुमल्लिएर
तातेको छ दिमाग !
शरीर !
मन !
क्षत-अक्षत सपनाहरुलाई साक्षी राखेर
हवनकुण्डको आहुति झैँ
जल्नलाई ठिक्क छ जिन्दगी ।
2 Comments