नियति

हल्ला गर्दै आएकाहरु
चुपचाप गए।
हतारिँदै छिरेकाहरु
लुसुक्कै निस्किए।

पुरानो वस्तीझैँ
उजाड छोडेर
उराठ छोडेर..
आवादी बोकेर आएकाहरु
खण्डहर बनेर हराए।

हुन त-
जानु नै थियो एकदिन
अलिकती चाँडै गए
साँझमा अस्ताउनुपर्थ्यो घाम
दिउँसै अस्ताए।

थोरै छिटो अस्ताए!

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *