मलाई
झरीमा कविता लेख्नुछ
तिमी छेउमा बस है !
सुस्तरी बस
ताकी म मेरा भावहरुमा
तिम्रो उपस्थिती घोल्न सकुँ ।
बिस्तारै राख हात मेरा काँधमाथि
ताकी लत्पतियोस् अक्षरहरुमा
तिम्रो स्पर्शको मादकता ।
मलाई
झरीमा अक्षरको खेती गर्नुछ
मलाई
झरीमा कविता लेख्नुछ
तिमी छेउमा बस है !