आकाशको जून टिपी
सिउँदोमाथी भरिदिन्थेँ।
असम्भव र कठीन सबै
वाचा पूरा गरिदिन्थेँ।
लैजान्थेँ म धेरै टाढा
बसाएर नयाँ गाउँ।
रच्थेँ बेग्लै सृष्टि अनि
राख्थेँ तिम्रो नाउँ।
संसारका सारा खुसी
थुपारेर पोल्टाभरी।
निदाउँथे त्यो आँखाभित्र
छचल्किन्थेँ आँशुसरी।
भनेर हुने भए..