कसरी पो निदाउँदैछ्यौ!

भिज्दो सिरानी, बग्दो पानी
कसरी पो निदाउँदैछ्यौ!
छ उर्लँदो जवानी
कसरी पो निदाउँदैछ्यौ!

यसो सोच्छु- यता म छु
उस्तै गरि निस्सासिँदो।
तिम्लाई छुने तिम्रै हुने
कल्पना छ आकाशिँदो।

बोकी उस्तै कहानी
कसरी पो निदाउँदैछ्यौ!
बुझ्छु म त्यो जवानी
कसरी पो निदाउँदैछ्यौ!

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *