तिम्रा आँखामा तेज थियो
र मैले नजर झुकाएँ।
झुक्दा झुक्दैका आँखाहरु
सायद
आत्तिँदै छट्पटिँदै
हतारिँदै अतालिँदै
लत्पतिए होलान् तिम्रा अङ्गहरुमा ।
विश्वास गर
म अञ्जान थिएँ त्यतिबेला
नादान थिएँ
र विवश थिएँ
आफ्नै मनको अनियन्त्रणमा…
तिमीले त यसै
मेरो नियतमा खोट देख्यौ !