केही त गडबड छ

बाहिर मुर्दा शान्ति बोकेर
भित्र कोलाहल चलिरहेछ।
अथवा
भित्र सन्नाटा छ मौन
तर बाहिर क्रन्दन छ चर्को।

हाँस्नुपर्ने ठाउँ थियो-
तर कोही रोइदियो।
रुनुपर्ने ठाउँमा
किन कोही हाँसिरहेछ?

ज्ञात छैन किन कसैलाई
पूर्व र पश्चिमको?

लाग्छ
आजकल मजाक चलिरहेछ..
केही त गडबड छ
जरूर केही त गडबड छ!

@ विस्मय !

Leave a Reply

Your email address will not be published. Required fields are marked *