हजारौँ माइल हिँडेपछि
जब थाहा पाउनेछौ-
बाटो भड्किएको
लक्ष्य भड्किएको
र
गन्तव्य भड्किएको कुरा
ठिक त्यही समय
तिमीलाई थाहा हुनेछ
बाटोको निस्सारता
यात्राको निस्सारता
र जीवनको निस्सारता..
विश्वास गर साथी-
तिमी होसमा आउनेछौ त्यतीबेला
र
फेरी जन्मनेछौ
एउटा नयाँ जीवनमा
नवीन बोध लिएर।