लर्को

एउटा लर्को थियो एयरपोर्टमा
घर खोज्न घरबाट निस्किएकाहरुको।
एउटा लर्को अर्को थियो
घर बनाउन घरबाट निस्किएकाहरुको।

एउटा अर्को पनि लर्को थियो सिमानामा-
भूकम्पले
ऋणले
अभावले
गरिबीले
बेघर भएर घरबाट निस्किएकाहरुको।

फर्किएला त कोही?
या कतै
आफैँलाई बिर्सिएर
बेपत्ता होला
बिरानो शहरमा?

@ विस्मय !

Leave a Reply

Your email address will not be published. Required fields are marked *