दोहन

उसले भर्खरै पुर्‍यो
पानीको मुहान
र त्यसमाथिबाट
घर जाने बाटो बनायो।

अनि अहिले
पानी किन्न
बजारतिर दौडिँदैछ।

उसले काट्यो
घरैछेउको अन्तिम रुख
र बनायो
गजबको शाही पलङ।

अनि अहिले
त्यही पलङमाथी सुतेर
पसिना पुछ्दै
पङ्खा हम्किँदैछ।

सिनित्तै बनाएर हिमाल
अहिले
आफू उम्लिँदैछ
जल्दैछ..

@ विस्मय !

Leave a Reply

Your email address will not be published. Required fields are marked *