घामले लिएर आउँछ
एक बिस्कुन न्यानोपन
र
चटाईमा सुकाइदिन्छ बिस्तारै
माघको लेसाइलो कहाली ।
एउटा किरण
जो सुटुक्क घुस्रिन्छ मनभित्र
र न्यानो सेक्छ
विरक्तिलो आर्द्रतामा ।
चिस्सिएका सम्बन्धहरु
यसै ओभाउँछन् र ?
सेक्न सक्नुपर्छ
सेक्न जान्नुपर्छ…
नपत्याए
एकैछिन
घामको स्पर्श महसुस गर्नु तिमी ।