म जमिरहन्छु

कोही आउँछ अनायासै
र बस्छ मनैमा ।
रम्छ, रमाउँछ
हाँस्छ, हँसाउँछ 
मानौँ
जीवनको सार उही थियो
सारा आधार उही थियो ।

मानौँ
वर्षौँपछि दर्किँदैछ कुनै झरी
शितलताको आभास दिँदै
मनभरी, आँखाभरी ।

कोही आउँछ अनायासै
र छुट्छ अनाहकमा ।
जसरी
छुट्छ नदी
र बगेर जान्छ पहाडबाट.. अनन्तमा ..

अनि म!
फेरी ताल जस्तै उही ठाउँ जमिरहन्छु…

@ विस्मय !

Leave a Reply

Your email address will not be published. Required fields are marked *