रित्तो गिलासझैँ
तिम्रो छेउमा थिएँ म
थोपा थोपा भर्दै गयौ प्रेमले
र म मात्तिएँ।
तिमीलाई थाहा छ नि!
मातेको मान्छेमा होस् हुँदैन
चेत हुँदैन।
न विगतको सन्ताप
न भविष्यको अन्यौल
…
सबथोक हराउँछ-
जब होस हराउँछ।
प्रेमको खुमारी बोकेर
एउटा जीवन बिताउनुछ तिमीसँग
अब मलाई
होसमा आउनुछैन।