सिद्धान्त अर्थ्याउँदैछ कोही-
लेख्ने नै भए
गहिरो आर्तनादको
विदारक प्रस्फुटन लेख्नु !
या लेख्नु
एकदमै नयाँ
नौलो
अद्धुत तिलस्मी
अभिधा, लक्षणा, व्यञ्जनाको
उत्कट प्रादुर्भाव ।
‘जीवन र ईश्वर’
मैले लेखेँ
दुई शब्द कागजमा
र
आकाश नियालेँ ।
लाग्यो
म मुक्त हुँदैछु…