बिर्सन खोज्दाखोज्दै
एउटा विगत
खुसुक्क बल्झिन्छ मनभित्र
र अरु चर्केर आउँछ
पहिलाभन्दा ज्यादा ।
थाम्न खोज्दा खोज्दै
सल्बलाउँछ मनको वेग
र रसाउँछ कतै भित्री कुनो ।
तब
बिस्तारै महसुस हुन्छ
मनकै अन्तरकुन्तरमा कतै-
मनको बलात् नियन्त्रणले त
उल्टो
विक्षिप्त बनाएर जाने रैछन्
यादहरु !