गजल- सम्झनाका खातहरु भरिएर आउँन्

सम्झनाका खातहरु भरिएर आउँन्
धुम्म धुवाँ प्रभातहरु भरिएर आउँछन्।

स्मृतिमा ताजै छन्, के बिर्सन्थ्यो मस्तिष्कले?
बनि तिनै सौगातहरु भरिएर आउँछन्।

आँशु थिए, हाँसो थिए, स्फुर्तिका दिन अनि
बेहोसीका मातहरु भरिएर आउँछन्।

बदलिएका ति दिनहरु उस्तै बनी सम्झनामा
तिता मिठा साथहरु भरिएर आउँछन्।

@ विस्मय !