उही हिँड्ने बाटोमा
बिर्सिएर आफ्नो बाटो
समाहित हुन खोजिरहने पत्थर,
जसलाई,
बुझ्दै नबुझेरै खुशी छे ऊ,
यदि बुझेकी भएपनि
त्यहीँ ठेस, ठेसपछि चोट त पाउँथी आखिर।।
पत्थर नै भएपनि
थिएन पलाएको त्यस्तो निर्दयिता म भित्र
जहाँ, तिम्रो रगतले होली खेलुँ
तिम्रै आँसु हेरेर बाँच्न सकुँ,
यसकारण
पर्नैपर्छ ओझेल त्यो बाटो र नजरबाट
तर यी नजरहरुले,
नियालिरहनेछन ति पैतालाहरुलाई ।।