सपनाले प्रश्न गर्दैछ

उहिलै
जमानाकै कुरा हो~
एउटा सपना हुने गर्थ्यो अजङ्गको!

सपनामा भविष्य हुन्थ्यो
योजना हुन्थ्यो
मूर्त-अमूर्त
तिलस्मी-रङ्गीन
थान थान रहरहरु हुन्थे।

बिस्तारै
सपना शहर पस्यो
र हरायो मान्छेहरुको भिडमा
खिइँदै गयो~ दुब्लायो!

आज
वर्षौँपछि सपनाले प्रश्न गर्दैछ-
के जिन्दगी पनि सपना थियो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *