पक्कै केही पाक्दैछ!

जब्बर बन्दैछन् विचारहरु
धारिला हुँदैछन् शब्दहरु
आँधी छ मान्छेका मगजहरुमा
खल्बलिएको छ समाजको मनोदशा
कटान हान्दैछ चेतनाको वेगले
बत्तिँदैछ परिवर्तनको पातलो झोँका।
बिस्तारै,
क्रमिक
तर निरन्तर..

हरेक दिन-
यस्तो लाग्दैछ
सडकले परिवर्तन माग्दैछ।
चोक चौतारा र चिया पसलमा
पक्कै केही पाक्दैछ..

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *