घाम उदाउँछ र अस्ताउँछ
दिन हुन्छ
र रात पर्छ।
टिकटिक.. टिकटिक..
घडी चलिरहन्छ
टिकटिक.. टिकटिक..
घडी सरिरहन्छ।
समय न हो!
बितेर जान्छ
दिन, महिना, वर्षमा
टुक्रिन्छ- बाँडिन्छ
घट्छ अनि सकिन्छ।
अनादि देखि अनन्तसम्म
को छ चलाउने?
कसले भन्न सक्छ!
देखेको पो कसले छ र?
रङ्ग, रुप
उचाइ, आवरण
कसलाई थाहा छ र?
के थाहा!
समय होइन~
हामी पो बितिरहेछौँ कि?