लगाऊँ भाग देशको
फुटाऊँ लाखौँ टुक्रामा।
सबैलाई पुग्ने,सबैलाई मिल्ने
सबैलाई हुने, सबैलाई अँटाउने।
साना मसिना
गाउँ, टोल र बस्तीहरुमा
छुट्ट्याइदिऊँ एक एक भाग।
सोच्छु-
यो देशका टुक्रिएका
लाखौँ टुक्राहरुबाट बाँड्नुपरे
मेरो भागमा कति खण्डहर पर्छ होला?
(फोटो श्रोत- Nepal Tourism Board)