एक-
लडाईँ
मन- जित्न दिँदैन
प्रेम- हार्न मान्दैन ।
चिन्ता नगर प्यारी…
तिमीसँगको यो लडाईँ
जीवनभर चलिरहनेछ
यसैगरी ।
दुई-
जीवन
जो हिँजो थियो-
आज छैन ।
जो आज छ-
भोली नरहन पनि सक्छ ।
तिमीले देख्दा देख्दै
आँखै अगाडी बिलाएका छन्
तिम्रा आफन्तहरु ।
तिमीले चाहँदा चाहँदै छुटेका छन्
न्याना हातहरु ।
तिमी पनि आज छौ-
भोली नहुन पनि सक्छौ ।
जसरी
म आज छु
र भोली नरहन पनि सक्छु ।
तीन-
सन्ध्या आरती
कुनै साँझ
मौका मिलाऊ र
जाऊ पशुपति ।
घुस, घुल
सुन र हराऊ ।
आरतीको तानमा
बिलाऊ मन्त्रका शब्दहरुमा
जसरी
बिलाइरहेछ छेवैमा लडिरहेको मुर्दा
बिस्तारै अग्नीमा
अग्नीबाट खरानीमा
खरानीबाट धुवाँमा
र धुवाँबाट हावामा ।